images
images

शान्तिप्रक्रिया टुंग्याउन राष्ट्रसंघ महासचिव गुटेरेसको सद्भाव रहन्छः प्रमुख सचेतक गिरी

काठमाडौँ – एमाले प्रमुख सचेतक पदम गिरीले नेपालको शान्ति प्रक्रियालाई टुंग्याउन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सद्भाव मात्र रहने बताएका छन्।

उनले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर् याउने जिम्मेवारी नेपालकै राजनीतिक दलको भएको बताए। उनले नेपालको शान्ति प्रक्रियामा अनमिनसमेत सहभागी भएको उल्लेख गर्दै यसबारे महासचिवले चासो राख्नसक्ने बताए।

उनले संयुक्त राष्ट्रसंघको महासचिवले शान्ति प्रक्रिया राम्रोसँग टुंगियोस् भन्ने सद्भाव मात्रै राख्नसक्ने बताए। उनले नेपाली विशिष्टतामा शान्ति प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै नेपालकै मौलिकता र विशिष्टतामा उभिएर टुंगोमा पुर् याउनुपर्नेमा जोड दिए। यसप्रति नेपालका राजनीतिक दल जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

उनले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुनुपर्ने बताए। त्यस्तै, महासचिवको भ्रमणका बेला नेपालले भोगिरहेको जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गराउनुपर्ने बताए।