images
images

माओवादी केन्द्रले भूकम्प पीडितलाई राहत र पूनर्निमाणमा ५० लाख दिने

काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले भूकम्पबाट प्रभावितहरूको राहत र पूनर्निमाणमा ५० लाख दिने भएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारीको अनौपचारिक बैठकले पीडितहरूलाई पार्टीको कोषबाट उक्त रकम दिने निर्णय भएको सचिव गणेश साहले जानकारी दिए ।

यस्तै राहत र पुनर्निमाणका लागि सबै प्रदेश कमिटीसँग समन्वय गर्ने जिम्मा महासचिव देव गुरुङलाई दिएको छ ।

राहत, पुनर्निमाणका लागि सिंगो पार्टी कमिटी, केन्द्रीय निकाय, जवसरमोर्चा लगायतलाई निर्देशन दिएको उनले बताए ।