images
images

सरकारबाट बाहिरिएको एमाले कोशी प्रदेश सभाको प्रतिपक्षी बेञ्चमा

काठमाडौं,२० कार्तिक । नेकपा एमाले कोशी प्रदेश सभामा प्रतिपक्षी बेञ्चमा बसेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमाले प्रतिपक्षी बेञ्चमा बसेको हो ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारमा सामेल एमाले शनिबार मात्रै सरकारबाट बाहिरिएको थियो । आज बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन कायमै राख्ने र प्रतिपक्ष बेञ्चमा बस्ने निर्णय गरेको थियो ।