images
images

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम-पश्चिम जाने भएका छन्।

जाजरकाेटकाे रामीडाँडा केन्द्रबिन्दु भइ गएकाे भूकम्पबाट प्रभावित अवस्था बुझ्न उनी आज त्यहाँ जान लागेका हुन्।

राष्ट्रपति पौडेल आज बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्रमा जाने राष्ट्रपति कार्यालयले जनाएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडलले यूरोप भ्रमण स्थगित गरेसँगै जाजरकाेट र रुकुम-पश्चिम जान लागेका हुन्।

जाजरकोटमा विनाशकारी भूकम्प आउनुभन्दा एकदिनअघि निश्चित गरिएको उनको भ्रमण भूकम्प गएर जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको तीन दिनपछि स्थगित भएको हो।

देश शोकमा डुबेका बेला यूरोप सयर गर्न लागेको भन्दै राष्ट्रपति पौडेलको चौतर्फी आलोचना भएको थियो। दबाब बढेपछि राष्ट्रपतिको भ्रमण स्थगन भएको हो।

जाने भएका छन्।