images
images

श्रममन्त्री भण्डारीसँग स्वीस राजदूत मेउलीको भेटवार्ता

काठमाडौँ, २१ कात्तिक : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्विट्जरल्याडका राजदूत डा डेनियल मेउलीले शिष्टचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री भण्डारीले स्वीस सरकारले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । सो अवसरमा राजदूत मेउलीले रोजगारीका अवसर र सुरक्षित आप्रवासनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
–––