images
images

विराटनग र जनकपुर मा बाजेको सेकुवाको नयाँ शाखा

मोरङ – नेपाली बारबेक्यु स्वाद र परिकारका लागि चर्चित बाजेको सेकुवाले विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बिहीबार विराटनगरको पिपल चौकमा सञ्चालनमा आएको सेकुवाका सञ्चालक चेतन भण्डारीले देश विदेशमा गरी १९औं शाखा सुरु भएको बताएका छन्।

०३३ सालबाट बुवा दीनानाथ र आमा खिला राजेश्वरी भण्डरीबाट सुरु भएको सेकुवाले मुलुकका विभिन्न स्थानमा र अमेरिकाको न्युयोर्कसँगै डालासमा पनि बाजेको सेकुवा द हिमालयन ग्रिलका रुपमा फ्रेन्चाइज शाखा छ।

सञ्चालक भण्डारीका अनुसार विराटनगरमा सञ्चालनमा आएको शाखा बाजेको सेकुवा द हिमालयन ग्रिलको सफलताबाट प्रेरित दुवैमध्येको उत्कृष्टतालाई संयोजन गर्ने बताए।

उनका अनुसार विराटनगरमा शाकाहारी र मांसाहारी दुवै परिकारसँगै शान्त वातावरणमा १ सय ५० जनालाई सेवा दिनेछ। बाजेको सेकुवाले यसअघि काठमाडौैंबाहिर बुटवल, पोखरा, झापालगायत मुख्य सहरमा शाखा सञ्चालनमा ल्याएको छ।

बाजेको सेकुवाको सुरुआत काठमाडौंको सिनामंगलबाट भएको हो। सञ्चालक भण्डारीले जनकपुरमा सेकुवाको २०औं शाखा खोलिने जानकारी दिए।