images
images

ललितपुरको जर्सी सार्वजनिक

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) टोली ललितपुर सिटी एफसीले आफ्नो जर्सी सार्वजनिक गरेको छ। बुधबार आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य वज्राचार्यले ललितपुर सिटीको जर्सी सार्वजनिक गरेकी हुन्।

ललितपुरले होम जर्सीको रूपमा रातो र कालो रङको जर्सी सार्वजनिक गरेको छ । यस्तै, अवे जर्सी सेतो र रातो रङको छ । जर्सीको दायाँतर्फ क्लबको लोगो र बायाँतर्फ किट पार्टनर टी–१० स्पोर्ट्सको लोगो छ ।

यही मंसिर ८ गतेबाट सुरु हुने एनएसएलको दोस्रो संस्करणमा नौ टोलीले प्रतिस्पर्धा गर्दै छन्। यस पटक ललितपुरसँगै वीरगन्ज युनाइटेड, बुटवल लुम्बिनी, धनगढी, चितवन, झापा, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसीले स्पर्धा गर्नेछन्। ललितपुर सिटी एफसी यस पटक अनन्त तामाङको नेतृत्वमा मैदान उत्रिँदै छ। उनी मार्की खेलाडी हुन्। ललितपुरको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका इयान एन्ड्यु गिलान रहेका छन्।

कार्यक्रममा बोल्दै उपमेयर बज्राचार्यले क्लबले ललितपुरको सांस्कृतिक महत्त्वलाई पनि बोकेर हिँडेको बताइन् ।