images
images

टिकट बन्द हाेइन नियमन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले टिकट बन्द नभइ नियमन गर्नुपर्ने बताएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले टिकट बन्द गर्ने निर्णय गरेपछि सत्ताकाे प्रमुख घटक कांग्रेसका केन्द्रीय सदस्य महरले सामाजिक सञ्चालनकाे नियमन आजकाे आवश्यकता भएकाे बताए ।

“लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान छ । बढ्दो सूचना प्रबिधिको विकाससंगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित छन् । यिनिहरुको नियमन आजको आवश्यकता हो । तर नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा बिपरीत मात्र होइन हाम्रो संविधानको परिकल्पना विपरित छ, ” उनले लेखेका छन् ।

सरकारले टिकटक बन्द नभइ समग्र सामाजिक सञ्जालको उचित र प्रभावकारी नियमनमा ध्यान दिनुपर्ने महरकाे भनाइ छ ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न उचित र प्रभावकारीनियमन आवश्यक छ । नियमन गर्ने नाममा सामाजिक सञ्जालबन्द गरिनु गलत हो। यसरी टिकटक बन्द गरिनुकाे पछाडि सरकारको नियत के हाे भन्ने यक्षप्रश्न हाे ,” उनले भने ।