images
images

दिगो आर्थिक विकासमा निर्माण क्षेत्रको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको दिगो आर्थिक विकासमा निर्माण व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताउनुभएको छ ।

बिहीबार एसियाली र पश्चिमी प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताउनुभएको हो ।

उहाँले दिगो आर्थिक विकास र निर्माणका लागि निजी क्षेत्रले नेतृत्व लिन आवश्यक रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शुन्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाएको भन्दै विकास निर्माणका काम पनि त्यही अनुसार गरिरहेको दाबी गर्नुभयो । साथै उहाँले सरकार दिगो पूर्वाधारको प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले पूर्वाधार निर्माणले हरितगृह उत्सर्जनमा नेपालको ठूलो योगदान रहेको बताउनु भयो । उहाँले दिगो पूर्वाधार विकासकालागि आर्थिक तथा नीतिगत सुधार गर्न आवश्यक पहल गर्ने बताउनु भयो ।