images
images

दुर्गा प्रसाईँको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता

काठमाडौँ- विरोध प्रदर्शनबाट हच्किएको सरकारले व्यवसायी दुर्गा प्रसाईँलाई भक्तपुरस्थित घरमै नजरबन्द गरेपछि बन्दी प्रत्यक्षीकरण माग गर्दै अधिवक्ताहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन।

बिहीबार बल्खु केन्द्रित प्रदर्शन गरेपछि दुर्गा प्रसाईँको समूहले शुक्रबार तीनकुनेकेन्द्रित प्रदर्शनको तयारी गरेको थियो। त्यही घरमा सरकारले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिनुका साथै प्रसाईँलाई घरमै नजरबन्द गरेको थियो।

सरकारले उनलाई घरमै नजरबन्द गरेपछि सुरेन्द्र भण्डारीसहितका अधिवक्ताहरुले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका हुन्।