images
images

श्रम सचिवको अध्यक्षतामा प्रतिष्ठान विकास समिति गठन

काठमाडौँ । राष्ट्रिय व्यवसायीक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन गरेको हो ।

नेपालको अदक्ष जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी बनाउन राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले बिहीबार श्रम सचिवको अध्यक्षतामा १२ सदस्यीय सञ्चालक समिति रहने गरी राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति स्थापना गर्ने निर्णय गरेका हुन् ।

अब भैसेपाटी, इटहरी र वुटलवमा रहेको व्यावसायिक तथा सीप विकास प्रतिष्ठान विकास समितिमा परिणत भएको छ । विकास समितिमा अर्थ, शिक्षा, उद्योग मन्त्रालय, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्ष वा प्रतिनिधि रहनेछ । कार्यकारी निर्देशक सदस्य सचिव रहनेछ । समितिले प्रतिस्पर्धा गरी चार वर्षको लागि कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।