images
images

ओलीले प्रचण्डलाई भने : राष्ट्रियसभामा शून्य नबनाइदिनुहोस्

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा एमालेलाई शून्य नबनाइदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमाले अध्यक्ष ओलीले राष्ट्रियसभामा आफूहरूलाई शून्य नबनाउन आग्रह गरेको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

“हामीलाई जिरो नगर्नुस् भन्ने कुरा ओलीबाट आएको थाहा पायौँ । हामीले सबै दलको बीचमा सल्लाह गरेर खास कङ्क्रिट कुरा बुझेर अघि बढौँ भनेका छौँ,” गठबन्धन दलको बैठकपछि उनले भने ।

यसमा गठबन्धन दल सहमत भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले एमालेबाट स्पष्ट कुरा आइनसकेको बताए ।

“हामी त्यसको टुंगोमा पुगेका छैनौँ । भन्न खोजेको के हो, माग के हो, क्लियर कुरा आओस् । अनि के गर्ने भन्ने निर्णय हुन्छ,” उनले थपे ।

उपाध्यक्ष पाण्डेका अनुसार कांग्रेस–माओवादी बैठकमा एमालेबाट प्रस्ताव आए के गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

“कांग्रेस–माओवादीको बैठकमा ओलजीले यस्तो प्रस्ताव लिएर आएर के गर्ने भन्ने विषयमा छलफल भएको हो,” उनले भने ।

गठबन्धनको अर्को बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ ।