images
images

२० करोडको सम्झौतामा भारतलाई एक पक्षीय हुने अधिकार दिइएको छैन: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’भारतले २० करोडसम्म खर्च गर्न पाउने सम्झौतामा भारतलाई एक पक्षीय रुपमा आयोजना छनोट गर्ने र कार्यान्वयन गर्ने अधिकार नदिएको बताएका छन्।

संसदको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले बैठकमा नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएको उल्लेख गरे। चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भने भारतको रिजर्भसेन रहेको उनको भनाइ छ।

आफूले ग्लोबल टेन्डरबाट चिनियाँ ठेकेदारले पाएको आयोजनबाट उत्पादित बिजुलीलाई चीनको भनिदिनु भएन भनेर भनेको जानकारी प्रचण्डले समिति बैठकमा गराए।

उनले यो विषयमा भारत सकरात्मक हुने र समस्या समाधान हुने विश्वास पनि व्यक्त गरे। प्रचण्डको भारत भ्रमणको क्रममा नेपालबाट आगामी दश वर्षमा भारतले १० हजार मेगावाट बराबर विद्युत किन्ने सम्झौता भएको थियो।

त्यस सम्बन्धमा भारतीय विदेशमन्त्री एस जयशंकर केहि दिन अघि नेपाल भ्रमणमा आएको बेला दुई देशका अधिकारीहरुबीच समझदारी भएको थियो। यो सम्झौताले नेपाल र भारतबीच दीर्घकालमा विद्युत व्यापारको ढोका खुलेको प्रधानमन्त्री प्रचण्डले बताए ।