images
images

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा एसएसपी दानबहादुर कार्की

काठमाडौँ- नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत कार्कीलाई निमित्त केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी तोकिएको हो। यसअघिका प्रवक्ता डीआईजी कुवेर कडायतको सरुवा भएसँगै निमित्तको रुपमा कार्कीलाई ल्याइएको हो।