images
images

फागुनमा विधान सम्मेलन गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, २८ पुस । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनमा विधान सम्मेलन गर्ने भएको छ । आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आगामी फागुन १ गतेदेखि ३ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा विधान अधिवेशनसँगै रिपोर्टिङ, कार्य विभाजन र राष्ट्रिय सभाको निर्वाचनका साथै अन्य विविध विषयमा छलफल भएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए ।

‘फागुनको १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय भयो । त्यसका लागि प्रतिनिधिहरु छान्ने क्राइटएरियाहरु बनेको छ ,’– उनले भने ।

साथै, उनले अर्को स्थायी समिति बैठक माघको २६ गतेका लागि तय भएको बताए ।