images
images

७ दलको अपिल राष्ट्रियसभामा सत्तागठन्धनका १९ उम्मेदवारलाई जिताउ

काठमाडौँ । सत्ता गठबन्धन सम्बद्ध दलहरुले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

अपिलमा नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले राजनीतिक गठबन्धन निर्माण गरेको दाबी गरिएको छ। भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो। देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वसर्त हो। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौं र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौं।’

माघ ११ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट कृष्णप्रसाद सिटौला, चम्फादेवी कार्की, आनन्दप्रसाद ढुंगाना, पूजा चौधरी, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, श्रीकृष्णप्रसाद अधिकारी, घनश्याम रिजाल, मनरुपा शर्मा, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, बलदेव बोहरा, नारायणदत्त भट्ट उम्मेदवार छन्।

patra