images
images

मेलम्चीको पानी वाट सम्पूर्ण काठमान्डौवासी समान रुपमा लाभान्वित हुनु पर्छ : सांसद एकनाथ ढकाल

मेलम्ची खानेपानी योजनाको पाँचौं पटक पानी वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्प कमल दाहालले गर्नु भए पछि केहि शब्दहरु लेख्न मन लग्यो। सर्बप्रथम मेलम्चीको पानी काठमाडौँमा ल्याउनु राम्रो हो र यस महान कार्यमा योगदान गर्नुहुने सबैमा म आभार ब्यक्त गर्दछु।

मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनाको लक्ष काठमाडौँ उपत्यकामा दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्ने छ । यो आयोजनालाई एसियाली विकास बैङ्क लगाएत विभिन्न दातृ निकायहरु र नेपाल सरकारले समेत आर्थिक सहयोग प्रदान गरेको छ ।सबैलाई धन्यवाद छ ।

वि.सं २०४८ सालको निर्वाचनको चुनावी घोषणामा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौँमा मेलम्चीको पानी ल्याउने घोषणा गरेका थिए । त्यस पश्चात हरेक निर्बाचनमा सबै दलको साझा एजेण्डामा मेलम्ची खानेपानी आयोजना पर्दै आएको छ । वि.स. २०७७ फागुन २२ गते मेलम्ची खानेपानी आयोजनाकाे पानी काठमाडाैमा तत्कालिन प्रधानमन्त्रि के पि शर्मा ओलीले स्वागत गर्नु भयो । यस सँगै मेलम्चीकाे पानी पिउने काठमाडाैकाे बासीको सपना पुरा हुन् सुरुवात भएको थियो ।

भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर वि.स. २०७७ चैत्र २० गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गर्नु भएको थियो । चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको गरियो तर पनि अझै हजारौं काठमाडौँ बासि उपभोक्ताहरु भने मेलम्चीको पानि वाट लाभ लिन पाएका छैनन। खानेपानी मन्त्रालयले मेलम्चीको पानी काठमाडौंका पुराना धारा जोडिएको उपभोक्ताको घरमा पुर्याय पनि हजारौं नयाँ उपभोक्ताहरुलाई भने यो सुबिधा वाट बन्चित गरिएको छ।

बाढीले मेलम्चीको हेडवर्क्स पुरिएर वर्षेनि भएको क्षतिको मर्मत गर्दा निरन्तर पानी वितरणमा समस्या वा ढिलाई भएपनि काठमान्डौ बासीको घरघरमा पाइप बिच्छाई सक्दा पनि किन धारा र मिटर जडान गरिएन ? शाहीकालको पुरानो पाइपमा पानी वितरण गर्दैमा सबै काठमान्डौ वासी लाभान्वित हुन् सक्दैनन। आफ्नो महानगरका हजारौं बासिन्दाहरु मेलम्चीको पानी काठमान्डौ झर्दा पनि उपभोग गर्न नपाएकोमा नगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र सम्पूर्ण वडा अध्यक्षहरुको भनाइ के छ ? योजना के छ ? मेलम्चीको पानी काठमान्डौ आइपुग्नु अगाबै किन समयमानै दबाब सृजना गरेर पूर्व तयारी सम्पन्न गरिएन ? पाँचौं पटक पानी वितरणको शुभारम्भ प्रधानमन्त्रीले गर्दा पनि किन नयाँ जडान गरिएका धाराहरुमा पानी वितरण हुन् सकेन ? सरकारको कार्य क्षमताको अभावको कारण मेलम्ची काठमान्डौ आइपुग्दा पनि सबै नगरबासी लाभान्वित हुन सकेनन। पानी काठमान्डौ झर्दैमा नगर बासीको घर घरमा पुग्दैन। सरकारले सस्तो लोकप्रियताको नाममा जनताको आँखामा छारो हाल्ने काम होइनकि इमान्दार पुर्वक सहि सत्य काम गर्नु पर्छ। सरकार ! सम्पूर्ण काठमान्डौ बासीले कहिले देखि मेलम्चीको पानी पिउन पाउछन ?

दुई दशक समय र ३५ अर्ब रुपैयाँ भन्दा बढी खर्च गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी वाट सम्पूर्ण काठमान्डौ वासी समान रुपमा लाभान्वित हुनु पर्छ, पर्छ । नेपाल सरकारलाई चेतना भया।

एकनाथ ढकाल
प्रतिनिधि सभा सदस्य
संघिय संसद