images
images

स्वदेशी श्रमको सम्मान गर्दै मौलिक उत्पादनको प्रवर्द्धनमा सरकार : श्रममन्त्री भण्डारी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्वदेशी श्रमको सम्मान गरी मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन ‘डिग फर नेपाल’ नामक संस्थाद्वारा सञ्चालित काठमाडौँ–कपनस्थित मौलिक बजार तथा भान्साघरको आज अवलोकन गर्दै श्रममन्त्री भण्डारीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने पक्षमा सरकार रहेको स्पष्ट गरे ।

उद्यमशीलताको विकास गरी स्वदेशमै गरिखाने परिस्थिति सिर्जना गर्न आवश्यक नीतिगत व्यवस्था गरेको जानकारी दिँदै उनले भने,“कृषि उत्पादनको बिक्रीवितरणमा समेत विचौलिया हाबी भएको भन्ने गुनासोलाई नीतिगत व्यवस्थासहित अन्त्य गरिनेछ, वास्तविक किसानले श्रमको मूल्य पाउनेछन्, उत्पादन र बिक्रीवितरणसहित कृषितर्फको परनिर्भरता कम गर्ने पक्षमा क्रियाशील सरकारलाई साथ दिन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।”

सो संस्थाका सल्लाहकार नारायणप्रसाद सिग्देलले   मौलिक बजारमा ७५३ वटै पालिकाका स्थानीय कृषि विशेष उत्पादन खरिद गर्न पाइने र मौलक भान्साघरमा स्थानीय कृषि फसलबाट तयार गरिएको ८४ व्यञ्जनको खाद्य परिकार पाइने बताए ।