images
images

मलेसिया को वेलफेयर म्यानेजमेन्ट सेन्टर(एफडब्लुडब्लुएमसी) सँग भएको सम्झौता हाल कार्यान्वयन नगर्ने बोर्डको निर्णय

माघ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्ड र मलेसियामा रहेको फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर(एफडब्लुडब्लुएमसी) नामक निजी कम्पनीबीच भएको सम्झौता हाल कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

आज  बोर्डद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘वैदेशिक रोजगार बोर्डको मिति २०८०/०७/२१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेसिया स्थित Foreign Workers Welfare Management Center बीच मलेसियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा भएको सम्झौता बिभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र पुग्न आवश्यक भएकाले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न सम्माननीय प्रधानमन्त्रज्यूबाट निर्देशन प्राप्त भएको हुँदा सोहि अनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.न. २३१ मिति २०८०/०९/२५ को पत्रबाट लेखि आएकाले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै बिज्ञप्ति मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ ।’

यस्तो छ बोर्डबाट जारी बिज्ञप्ति: