images
images

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुनु नयाँ युगको प्रवेश : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताउनुभएको छ ।

सामेबार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै यस्तो बताउनुभएको हो ।

श्रममन्त्री भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताउनुभयो । उहाँले राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको बताउनुभयो ।

श्रममन्त्री भण्डारीले भारत र नेपालबीच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबीच भएको विवाहबाट शुरुवात भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताउनुभयो ।

श्रममन्त्री भण्डारीले भारतको अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुले ठूलो उत्सवका रुपमा लिएको बताउनुभयो । उहाँले गाउँघरहरु सबै आन्नदित भएको पनि बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राममन्दिरको प्राण प्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गर्नुभयो ।