images
images

मधेस प्रदेशमा गठबन्धनका दुवै उम्मेदवार विजयी

जनकपुरधाम – मधेस प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन्।

अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित भएकी छन्।

ढुंगानाले प्राप्त गरेको मतभार ७ हजार ३७० छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कुमारी विजेता झाले २ हजार ४८४ मतभार प्राप्त गरेकी छन्। यस्तै, जनमतका रामशंकर महासेठले पाएको मतभार ८१८ छ।

महिलातर्फ निर्वाचित चौधरीको मतभार ७ हजार ९२३ छ भने उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उषादेवी थरुनीले प्राप्त गरेको मतभार २ हजार ४४६ छ।

बिहीबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान हुँदा कुल मतदाता ३७४ रहेकोमा ३७३ जनाले मतदान गरेका थिए।