काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको हातपातको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा डिआइजी राजेशनाथ बास्तोल र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।

घटनाबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहले समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनेको छ।

शुक्रबार दिउँसो विमानस्थल अध्यागमनका कर्मचारी र प्रहरीबीच हात हालाहाल भएको थियो।