images
images

वैदेशिक रोगजारीबाट फर्किएकाहरू सहकारीमार्फत काम गर्दै

काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएकाहरू सहकारीमा आबद्ध हुदै आएका छन् । वैदेशिक रोजगारीमा फर्किएकाहरू सहकारीमार्फत आफ्नो कार्य अगाडि बढाउँदै आएका हुन् । हाललाई मधेश प्रदेश र कोशी प्रदेशमा सहकारी स्थापना गरेर गतिविधि अगाडि बढाउँदै आएका हुन् । उक्त कार्यका लागि सामी, रेमी लगायतका अन्तर्राष्ट्रिय दातृ निकायले सहयोग गर्दै आएका छन् ।

ति सहकारीले विदेशबाट फर्किएकाहरूलाई आबद्धता गराउने र त्यही मार्फत सीप तथा आय आर्जनका कार्य गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरू व्यक्तिद्वारा सञ्चालनमा रहेका सहकारीमा समते विभिन्न खालका समस्या देखिएका छन् । वित्तीय साक्षरताबारे जानकारी गराउन, व्यवस्थापन लगातयका विषयमा समस्या देखिने गरेका हुन् । ति समस्या र यसको समाधान के हुन सक्छ भन्ने विषयमा छलफल गरिएको छ ।

श्रम, रोजगार तथा साामजिक सुरक्षा मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, वैदेशिक रोजगार बोर्ड, नविल बैंक, श्रम तथा यातायात मधेश मन्त्रालय, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सहकारी संस्थाको पदाधिकारी लगायतको उपस्थितमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

उक्त कार्यक्रममा श्रममन्त्री सरतसिंह भण्डारीले सहकारीको यस्तो खालको नेटवर्क गाउँगाउँ सम्म पुग्न आवश्यक रहेको बताएका थिए । शनिवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले उक्त सहकारीको नेटवर्क रोजगार सेवा केन्द्रसँग जोडिनुपर्नेमा जोड दिए ।
बाहिर गएकालाई स्वदेशमा फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिँदै अहिलेको अवस्थामा बाहिर जान रोक्न नसकिने उनको भनाइ थियो ।