images
images

न्यायाधीश मरासेनीको हृदयघातबाट मृत्यु

काठमाडौँ । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका निधन भएको छ।

न्यायाधीश मरासेनीलाई बिहान ८:३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार हृदयघात भएपछि न्यायाधीश मरासेनीलाई बिहान साढे ८ बजे कलंकीस्थित नेसनल अस्पतालमा पुर्‍याइएको थियो।

उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रवक्ता भट्टराईले बताए।

मंगलबारको पेसी के गर्ने भन्नेबारेमा छलफल गरी निर्णय लिइने उनले बताए।