images
images

सत्ता गठबन्धन बैठकः ‘कोशीको मतपरिणाम अप्रत्याशित’

काठमाडौँ – सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताए।

उनले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए। उनले कोशीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताए। उनले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताए।

उनले भने, ‘कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ। अरु प्रदेशको बारेमा पनि छलफल भएको छ। कोशीमा अप्रत्याशित रिजल्ट आएको छ। यो गम्भीर छ। यसका बारेमा प्रारम्भिक छलफल भएको छ।’