images
images

निगमले बढायो पेट्रोल, ग्याँस र मट्टितेलको मूल्य, सूचीसहित

काठमाडौँ: नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ। 

आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल रमट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।

एलपि ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज  प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ४.५३ र २.३२ रुपैयाँले तथा एलपि ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५.७८ ले बढेर आएकाले निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य बढाइएको निगमले जनाएको छ।

जस अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेटोल १६७ रुपैयाँ ५० पैसा र डिजेल १५५ रुपैयाँ ५० पैसा,  सुर्खेत र दाङमा पेट्रोल १६९ र डिजेल १५७ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७० रुपैयाँ र डिजेल १५८ रुपैयाँ पर्ने छ। ग्यासको मूल्य भने एक हजार ९१० रुपैयाँ तोकिएको छ।