images
images

अरुण चौधरीमाथि अनुसन्धान गर्न दुई दिन म्याद थप

काठमाडौँ : बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई जिल्ला अदालत काठमाडौँले आज थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले आज उनीहरु तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले थाहाखबर जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेका उनीहरूलाई यसअघि ४ दिन हिरासतमा राखेर अनुसन्धान गरिएको थियो।

बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा सिआइबीले व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

उक्त जग्गा प्रकरणमा सिआईबीले उनीहरुलाई यही माघ १८ गते पक्राउ गरेको हो थियो।