images
images

आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित हुन्छः अर्थमन्त्री महत

काठमाडाैँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने बताएका छन्।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत–साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए।

उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर समय व्यवस्था भएको भन्दै यसले संसद र सरकारबीच बजेट,नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए।

उनले विगतका सरकारले आयोजनाको स्रोत सुनिश्चित नभई आयोजना घोषणा गरेको कारण धेरै आयोजनाको काम अधुरो रहेको बताए। उनले आयोजनामा बजेट नै नराखी ठूलो ठेक्का लगाएको कारण पनि परिणाम आउन नसकेको बताए।

उनले सरकारले यो अधिवेशनमा धेरै विधेयक पेश गर्ने तयारी गरेकाले संसदले बिजनेस प्रशस्त पाउने बताए।