images
images

संसद्को तेश्रो अधिबेशनको पहिलो दिन – केहि उत्साहित र केहि निरुत्साहित

प्रतिनिधि सभाको तेश्रो अधिबेशन आजवाट सुरु भएको छ । अधिबेशन सुरुसंगै केहि उत्साहित र केहि निरुत्साहित अनुभब भयो। सभामुख देवराज घिमिरेले चालु अधिवेशनदेखि संसदलाई प्रभावकारी क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी गराउनु भयो ।

यो अधिवेशनदेखि संसदीय गतिविधि समयवद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने जानकारीले मलाइ उत्साहित बनायो। नेपालको संसदीय इतिहाँसमा यो एक नबिन र सकारात्मक पहलकदमी हो।

अर्कोतर्फ संघीय संसदका महासचिव भरतराज पौडेलले राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्त गर्न नेपालको संबिधान अनुसार राष्ट्रपतिसमक्ष सिफारिस गर्नु भएको हप्तौ दिन बित्दा पनि संसदले कार्यबाहक महासचिव वाटनै बैठक संचालन गर्नु पर्ने बाध्यता महामहिम राष्ट्रपतिज्यूले सृजना गरिदिनु भयो। राष्ट्रपतिज्यू वाट सृजित यो अबस्थाले मलाई निरुत्साहित बनायो।

आशा छ, संबिधान अनुसार सिफारिस गरिएको महासचिव संसद्को अर्को बैठकमा पाइने छ। धन्यबाद।

एकनाथ ढकाल
सदस्य, प्रतिनिधि सभा – संघिय संसद