images
images

कोशीमा मन्त्रिपरिषद् विस्तार, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त

काठमाडौं,२६ माघ । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

आज थपिने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट उदयपुरका नारायण बुर्जा मगर र संखुवासभाका राजेन्द्र कार्की रहेका छन् । त्यस्तै नेपाली कांगेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्री मन्त्री नियुक्त गरेका छन् । कांग्रेसबाटै इन्दिरा थापा राज्यमन्त्री नियुक्त भएकी छन् ।

बुर्जामगरले खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालय पाएका छन् । कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्य मन्त्रालय पाएका छन् । कांग्रेसकी इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी राम रहेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री कार्की स्वयमले राखेका छन् ।

नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका ईन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व लिएका लिए ।

कार्कीलाई मुख्यमन्त्री बनाएको दल नेकपा एमाले भने अहिले सरकारमा छैन् । सरकारबाट बाहिरिएको एमालेले समर्थन भने फिर्ता लिएको छैन् । कार्की सरकारमा हाल नेकपा माओवादीबाट गणेशप्रसाद उप्रेती, नेपाली कांग्रेसबाट समशेर राई र नेकपा एसका कमलप्रसाद जबेगू मन्त्री रहेका छन् । ६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।