images
images

साउदी अरबमा रक्सी बनाएर बेच्दा ४ सय नेपाली जेलमा

साउदी अरबमा अवैधरूपमा नेपाली मदिरा बनाएर बिक्रीवितरण गरेको आरोपमा सयौँको संख्यामा नेपाली श्रमिक जेल परेका छन् ।

रोजगारीका लागि त्यहाँ पुगेका नेपालीले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्रीवितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नलाई त्यहाँको प्रशासनले पक्राउ गर्ने गरेको छ ।

साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो । झन्डै ४ लाख नेपाली त्यहाँ कार्यरत रहेको तथ्याङ्क छ । बढी आम्दानी हुने लोभमा नेपाली मदिरा सेवन र बेचबिखनमा संलग्न हुँदा पक्राउ परेका र जेलमा पुगेका नेपाली राजदूतावासका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

ती अधिकारीका अनुसार हाल ४ सयभन्दा धेरै नेपाली जेलमा पुगेका छन् । तर, वास्तविक संख्या त्योभन्दा पनि धेरै हुनसक्ने आकलन गरिएको छ ।