images
images

१४ किलो सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । प्रहरीले  १४ किलो सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ रहेका छन् ।

१४ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गुरुङलाई पक्राउ गरेको सीआईबीले उनलाई विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी गरेको प्रहरी स्रोतले बताएको छ ।

विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घलेसँगको गुरुङको सम्बन्ध देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २१ मंसिरमा फ्लाई दुबईबाट आएका घलेको साथबाट उक्त सुन बरामद भएको थियो ।