images
images

निजगढमा बम विष्फोट हुँदा एकजनाको मृत्यु, ४ जना घाइते

बारा । बाराको निजगढ नगरपालिका–७ सहिद चोकमा आज मध्याह्न वम विष्फाेट हुँदा एक जनाकाे मृत्यु भएकाे छ । विष्फाेटबाट वर्कसपका सञ्चालक निजगढ नगरपालिका ९ का रेसम मगरको मृत्यु भएको हाे ।

मगरले सञ्चालन गरेको रोहित वर्कसपमा काम गर्दै गरेका बेला  अचानक बमजस्तै देखिने वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए ।  विस्फोटबाट चार जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन शाह, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल  र ठेगाना नखुलेको २० वर्षीय रितु रजत रहेका छन् भने निजगढ नगरपालिका ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको अवस्था सामान्य रहेको छ ।

घाइते सबैको निजगढ नगरपालिका ९ स्थित निजगढ सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।  हाल चार जनालाई थप उपचारका निम्ति वीरगन्ज रिफर गरिएको छ भने एक जनाको सामुदायिक अस्पताल निजगढमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रहरीका अनुसार विस्फोट भएको वस्तु हेर्दा बमजस्तै देखिएको बताइएको छ ।  त्यो वस्तु  कहाँबाट आयो र कसरी विस्फोट भयो यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।