images
images

संसद् परिसरमै लघुवित्त ऋणीहरुको विरोध प्रदर्शन, दुई दजर्न बढी पक्राउ

काठमाडौं– लघुवित्त ऋणीहरुले संसद भवनमा प्रवेश गरेर बिरोध जनाएका छन्। सोमafर नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नाराबाजी गरेका हुन्।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसर कब्जा गर्न छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ । ‘भित्रबाट बोलाएको भन्दै दुईरतीन जना छिरेछन्, पछि अरु पनि छिरेको भन्ने आएको छ’, एआईजी थापाले भने, ‘के भएको हो भन्ने बुझ्न जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्री आफैं त्यहाँ पुग्दै हुनुहुन्छ ।’ जबरजस्ती प्रवेश गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको एआईजी थापाले बताए ।

सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ।

 

सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद् परिसरभित्रै सुतेर विरोध जनाएका थिए।