images
images

माओवादीले राष्ट्रियसभाको अध्यक्ष नछाड्ने जनार्दन शर्माको दाबी

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने भएको छ । सत्ता गठबन्धनमा यसअघि सो पद कांग्रेसलाई दिने सहमति भएको चर्चा थियो । तर, राष्ट्रियसभाको निर्वाचनमा कोशीमा कांग्रेसबाट आफूहरुलाई धोका भएको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै दलले सो पदमा दाबी गर्ने बताएका थिए ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्षमा आफ्नो दलको दाबी रहने जिकिर गरे । आजको प्रतिनिधिसभाको बैठकलगत्तै मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा शर्माले यस्तो दाबी गरेका हुन् । उनले पार्टीका अध्यक्ष प्रचण्डले कांग्रेस नेताहरुसँग राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिने भनेर गरेको सहमति व्यक्तिगत हिसाबमा भएको भए आफूहरुलाई थाहा नभएको बताए । उनले सोबारे संस्थागत रुपमा निर्णय हुनुपर्ने धारणा राखेका छन् ।

उनले भने,‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन, ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ ।