images
images

फागुन २१ गते प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् सचिवालयलाई पत्र लेख्दै सम्बोधनबारे जानकारी गराएका हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो तर काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।

विपक्षी दलहरुले बालकुमारीलगायत घटनाका बारेमा सरकारको जवाफ माग्दै आएका छन् ।

शुक्रबारको बैठकमा समेत एमाले सांसद सूर्यबहादुर थापाले सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै संसदमा प्रधानमन्त्रीको  खोजी गरेका थिए ।