images
images

श्रम मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन [ बिज्ञप्ति सहित ]

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री डोल प्रसाद अर्यालले समिति गठन गरेका छन् । श्रम मन्त्रालयसँग सम्बन्धित देखिएका विवादबारे अध्ययन गर्न प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । 
समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती निर्णय तथा विवादहरूको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिनेछ मन्त्रालयले जनाएको छ ।समितिको सदस्यमा मन्त्रालयका उपसचिव मेघनाथ रिमाल र मन्त्रालयकै शाखा अधिकृत प्रकाश पन्थी रहेका छन् ।