
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताएकी छन् । संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा आज यहाँ आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उनले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताइन् ।
काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई अनुशासित बनाउन संस्कार समाज नेपालले खेलेको भूमिका सराहनीय रहेको बताए । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले असल संस्कार नै देश विकासको मुख्य आधार भएकाले असल संस्कारमा लाग्नका लागि सबैलाई आग्रह गरे ।रासस