images
images

सिआइबीलाई बयान दिएपछि चाैधरीले भने- व्यवसायी‍लाई ‘स्टन्टबाजी’ गर्ने प्रकारका गतिविधिबाट टाढा राख्नुपर्ने

काठमाडौं( अर्बपति व्यापारी एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउन नपर्ने टिप्पणी गरेका छन्।

बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले चौधरीसँग बयान लिएको थियो। उक्त बयानपश्चात् चौधरीले यस्तो टिप्पणी गरेका हुन्।

साथै, उनले व्यवसायी‍लाई ‘स्टन्टबाजी’ गर्ने प्रकारका गतिविधिबाट टाढा राख्नुपर्ने अभिव्यक्ति दिएका छन्। आफ्नो जीवनको ४५ वर्षे व्यावसायिक यात्राले सबैकुरा पुष्टी गर्नेसमेत बताएका हुन् । उनले भने, ‘सांसदको रूपमा उद्यमीको रूपमा मैले सिआइबीलाई बयान दिएको छु। सिआइबीले मलाई मौखिक रूपमा बयान लिने जानकारी गराएको थियो मैले आफ्नो कुरा राखेर आएको छु। यो जटिल परिस्थितिमा म जत्तिको मान्छेले यहाँ उभिएर यो भनिरहँदा विश्वभरका व्यवसायीलाई के सन्देश पुग्दो होरु मेरो ४५ वर्षे यात्राको चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन। खासगरी स्टन्टबाजी गर्नेहरूलाई। व्यवसायी‍लाई यस्ता प्रकारका गतिविधिबाट टाढा राख्नुपर्छ।’

सरकारी जग्गा आफ्नो कम्पनीको स्वामित्वमा ल्याउने मुख्य व्यक्ति विनोदलाई छाडेर अरूलाई पक्राउ गरेको भन्दै विरोध भइहरको बेला सत्ता गठबन्धन फेरिएसँगै उनीमाथि पनि सिआइवीले अनुसन्धान अघि बढाएको हो।

मंगलबार संसदमा चौधरीले उक्त प्रकरणमा आफू दोषी नभएको प्रष्टिकरण दिँदै नियमसंवत रूपमा जग्गा आएको दाबी गरेका थिए।