images
images

संसदीय समितिले गृहसचिव, आईजीपी र सिआईबी प्रमुखलाई छलफलका लागि बोलायो

काठमाडौँ – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख एआईजी श्याम ज्ञवालीलाई छलफलका लागि बोलाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बुधबारको बैठकमा उनीहरुलाई बोलाइएको जानकारी दिए। गृहसचिव अर्याल, आईजीपी कुँवर र एआईजी ज्ञवालीलाई समसामयिक विषयमा छलफल गर्न बोलाइएको समिति सभापति खतिवडाले जानकारी दिए।

समितिमा सूर्यदर्शन सहकारी ठगी गर्नेविरुद्ध उजुरु परेको छ। उक्त ठगीमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेकाले राजीनामा दिनुपर्ने माग कांग्रेसले गरिरहेका बेला उसकै नेतृत्वमा भएको संसदीय समितिले प्रहरीका जिम्मेवार अधिकारीहरुलाई छलफलका बोलाएको हो। सहकारी ठगी गरेको अभियोगमा दिपेश पुनलाई प्रहरी पक्राउ गरेको अवस्थामा उस्तै कार्यमा संलग्न लामिछानेलाई किन छुटकारा भन्ने प्रश्न उठिरहेको छ।