images
images

महालेखापरीक्षकमा तोयम राया सिफारिस

काठमाडौं । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

लेखा पृष्ठभूमिका राया हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् ।