images
images

केही सचिवको सरुवा, सामान्यमा निरौला

काठमाडौँ । सरकारले केही सचिवहरूको सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका केही सचिवहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलाको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ । बैठकले अन्य केही सचिवहरूको पनि सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।