images
images

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

काठमाडौँ( नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा ९कमल० चयन भएका छन्। पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।

सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त सदस्यहरुलाई आइतबार मात्रै नेपाल पर्यटन बोर्डले औपचारिक रुपमा स्वागत गरेको थियो। गत चैत १५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल पर्यटन बोर्डको रिक्त तीन सदस्य पदमा पर्यटन सापकोटा सहित ऋषिराम भण्डारी र राजेन्द्रबहादुर लामालाई नियुक्त गरेको थियो।

 

बोर्ड सदस्यको नियुक्तिसँगै माघ २२ देखि रिक्त रहेको बोर्डले पूर्णता पाएको छ। नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को व्यवस्था अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष तथा मनोनित सदस्यहरुमध्येबाट बोर्डको सदस्यहरुले छानेको एक जना सदस्य उपाध्यक्ष हुने व्यवस्था छ।

ऐनमा बोर्डका कार्यकारी प्रमुख सदस्य सचिव तथा पर्यटन प्रर्वद्धन गर्ने कार्यमा संलग्न पर्यटन व्यवसायी पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरू मध्येबाट सरकारले मनोनीत गरेका ५ जना सदस्य र अर्थ मन्त्रालयको सहसचिव, अध्यागमन कार्यालय तथा नेपाल नागरिक उडड्यन प्राधिकरणको महानिर्देशक सहित ११ जनाको कार्यकारी समित समिति हुने व्यवस्था छ।