images
images

नेपाल प्रहरीका चार डीआइजी एआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमेश राज जोशी र भिमप्रसाद ढकाललाई बढुवाका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ ।

जनपद प्रहरीको समूह तर्फका दुई जना भीम प्रसाद ढकाल र उमेशराज जोशी एआइजीमा बढुवा भएका हुन्।

५६ वर्षे उमेर हदका कारण वैशाख ५ मा एआईजी सन्दीप भण्डारी र वैशाख ७ मा एआईजी मिरा चौधरी थारु अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने २ पदमा जोशी र ढकाल सिफारिसमा परेका हुन् । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा र ढकाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

 

त्यस्तै प्राविधिक समूह अन्तरगत इन्जिनियरिङ उपसमूहका नबिन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उसमूहका तर्फका डाक्टर देउती गुरुङलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिका सदस्य सचिव एआइजी टेकप्रसाद राईले जानकारी दिए।