images
images

मल्टीपपर्स फाइनान्सको २ लाख ५० हजार ९ सय ७१कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । मल्टीपपर्स फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले युनाईटेड अजोड इन्स्योरेन्सको नाममा रहेको २ लाख ५० हजार ९ सय ७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्रौ आबेदन दिन सक्नेछन । आबेदन आगामी ३५ दिन भित्र कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाममा पेश गर्नुपर्ने छ । सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्ने छ ।

सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ । साथै, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्ताका लागि सेयर बिक्री खुला हुने जनाइएको छ ।