images
images

पप्पु कन्स्ट्रक्सनसहित २९ कम्पनी कालोसूचीमा (सुचीसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम कार्यालयले २९ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले २९ मध्ये १ कम्पनीलाई २ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ भने ८ कम्पनीलाई २ वर्षको लागि कालोसूचीमा राखिएको छ । यस्तै कार्यालयले ७ कम्पनीलाई १ वर्ष ६ महिना, १ कम्पनीलाई १ वर्ष ३ महिनाको लागि कालोसूचीमा परेका छन् भने अन्य कम्पनीलाई १ वर्षको लागि कालोसूचीमा परेका छन् ।

कार्यालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिंचाइ विभाग, सिक्टा सिांचय आयोजना, नेपालगञ्ज, बाँकेको सिफारिसमा पप्पु कन्स्ट्रक्सनलाई २ वर्ष ६ महिनाको लागि कालोसूचीमा राखिएको छ । जसका मुख्य व्यक्ति सुमित रौनियार हुन्।

यस्तै, सामाजिक विकास मन्त्रालय, सार्वजनिक निर्माण कार्यान्वयन इकाइ, गजुरी, धादिङको सिफारिसमा सप्तकोषी जलाधार / ओम साइ एण्ड कम्पनी जे.भीलाई २ वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ ।

यस्तै कोशी एण्ड न्यौपाने ओम साई कन्स्ट्रक्सन जे.भीलाई २ वर्ष , ए वान खप्तड कन्स्ट्रक्सन एण्ड अर्डर सप्लायर्सलाई २ वर्ष, चण्डी सिद्धिबाबा जे.भीलाई २ वर्ष, नमुना कन्स्ट्रक्सन खिम्ती प्रा. लिलाई २ वर्ष, नवीन कन्स्ट्रक्सनलाई १ वर्ष ६ महिनाको लागि कालो सूचीमा राखिएको छ ।

कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरुले अरु कुनै पनि सरकारी निकायको पूर्वाधार निर्माणका काम तथा खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।