images
images

खोला किनारमा निर्माणाधीन बसपार्क

१३ वैशाख, ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै भुजीखोला किनारमा रु दुई करोड २६ लाख ४० हजारको लागतमा निर्माण हुँदै गरेको बसपार्क । उक्त बसपार्क खोलाको उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् । तर नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले यहाँ बसपार्क निर्माण जारी राखेको छ ।

लामो समयदेखि सास्ती खेप्दै आएका यातायात व्यवसायी, यात्रु र बुर्तिबाङ बजारवासीका लागि खप्तरीबाङमा बसपार्क बन्नु सुखद विषय त हो । तर, जोखिमयुक्त ठाउँमा बसपार्क निर्माण हुँदा भोली ठूला दुर्घटना निम्तिने खतरा पनि उत्तिकै छ ।

सरकारले नमुना सहर निर्माण गर्न थालेको वर्षौँ वितिसक्दा गत वर्षदेखि बल्ल बसपार्क निर्माणका काम थालनी भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधान सडकमै पार्किङ गर्नु पर्नेस्थिति छ ।

जिल्लाकै दोस्रो ठूलो व्यापारीक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भूजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले साँघुरो बसपार्क छ । जहाँ १०/१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकहरुले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्ने गरेको छ ।