images
images

डढेलोको क्षति बढेको बढ्यै छ, सरकार किन यति असंवेदनशील ? : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डढेलोले गर्ने क्षति बर्सेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् ।

डढेलो र त्यही कारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए ।

‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौँको सम्पत्तिको नास भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ उनले भनेका छन्, ‘बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ ? नीतिमा कि व्यवहारमा ? सरकार किन यति असंवेदनशील ?’