images
images

इलाम २ : एमालेका उम्मेदवार- सुहाङले गरे मतदान

इलाम : प्रतिनिधिसभा इलाम-२ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्।

इलाम नगरपालिका-७ महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको केन्द्रमा उनले मत हालेका हुन्। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनता नयाँ युगतर्फ बढ्न अग्रसर देखिएको बताए।

‘अग्रजले रगत पसिना बगाएर संगठन व्यवस्थापनदेखि लिएर हक-अधिकार सुनिश्चित गर्नुभएको छ, नेपालको संविधानका लागि’, उनले भने, ‘यो युग भनेको समाज परिर्वतन र आर्थिक समृद्धिको अभियानको एउटा पाटो हो । हामी त्यो पाटोको सहभागी हौँ।’

सुहाङले पहिलो पटक मतदानमा सहभागी हुँदा उत्साहित रहेको बताए।