images
images

इलाम २ दिउँसो ३ः३० बजेसम्म मा ५० प्रतिशत बढी मत खस्यो :आज रातिदेखि नै मतगणना सुरु गरिने

प्रतिनिधिसभाअन्तर्गत रिक्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो ३ः३० बजेसम्म ५० प्रतिशत बढी मत खसेको छ।

बिहान ७ बजेबाट ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा ५० प्रतिशत बढी मत खसेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए।

इलाम २ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्। मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ।

गत भदौमा यहाँका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन गरिएको हो।

निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै इलाम–२ को मतगणना सुरु गर्ने बताएको छ

सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने आयोगको अनुमान छ । आयोगले यस राति १२ बजे अगावैबाट मतगणना प्रारम्भ गर्ने तयारी रहेको बताएको छ ।

इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । इलाम– २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन्